Fri Jan 21 2022
समाचार

लोहोरोले टाउकोमा हानी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पाँचथर । लोहोरोले टाउकोमा हानी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा उनका मृतकको श्रीमान ईन्द्र कुमार नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।

फाल्गुनन्द गाउँपालिका(२ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङले श्रीमतीलाई लोहोरो प्रहार गरेका थिए ।

ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको थियो ।

भन्ने खबर जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्राप्त हुनासाथ खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई पक्राउ गरेको हो ।