जोडिनुहोस
  • होमपेज
  • राष्ट्र ऋण उठाउने विधेयकमा दुई सांसदको संशोधन प्रस्ताव

राष्ट्र ऋण उठाउने विधेयकमा दुई सांसदको संशोधन प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्ताव गरेका राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गरेका हुन् ।

सांसद सुवालले राष्ट्रले ऋण लिन आवश्यक नभएको बताए । उनले भने, “नेपालीको स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्ने, सम्पत्तिको सिमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरियो भने राज्यकोष मजबुद हुन्छ, ऋण लिन जरुरी हुँदैन ।”

यस्तै, सांसद सुमना श्रेष्ठले विभिन्न मन्त्रालयअन्र्तगतका बेरुजु र शोधभर्नाका कारण ऋण लिनसक्ने विश्वासको आधारसमेत प्रस्तुत गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

“बजेटको आधाभन्दा बढी बेरुजु छ । कुन विश्वासका आधारमा अझै पनि ऋण लिने रु”, उनले प्रश्न गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका