Wed Jan 19 2022
खेलकुद

अण्डर नाइण्टिन एसिया कप क्रिकेटमा नेपालले आज कुबेतको सामना गर्दै

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले दुबईको आईसीसी एकेडेमीमा कुवेतसँग खेल्नेछ । नेपाल र श्रीलंकाबीचको खेल मध्यान्न १२ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ ।

कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । समूह बी को नेपाल समूह चरणबाटै बाहिरिएको छ । तर, कुवेतलाई हराएर नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।

नेपाल समूहको तेस्रो स्थानमा रहेको छ । कुवेत पुछारमा रहेको छ । दुबै टोलीले अंक जोड्न सकेको छैन । यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।

पछिल्लो तथ्यांकअनुसार कुवेतविरुद्ध नेपाल हाबी हुने देखिन्छ । पछिल्लो चार भेटमा नेपालले सबै खेलमा जित निकालेको छ ।