Sun Nov 27 2022
देश

असन्तुष्ट पक्षलाई महन्थले छलफलमा बोलाए

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नेपालको कार्यालयमा विभिन्न माग राखि धर्ना दिइरहेका पार्टीका असन्तुष्ट पक्षलाई पार्टी छलफलमा बोलाएका छन् ।

पार्टीमा भएको मनोनयन तथा नियुक्तिहरु पार्टीको विधि र विधान विपरित भएको, पार्टी अध्यक्षले एकलौटी रुपमा मनोनयन गरेको जस्ता आरोप लगाउँदै आइतवारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्दै आएका थिए ।

उनीहरुले अध्यक्ष ठाकुरसँग मात्र वार्ता गर्ने बताएपछि ठाकुरले मंगलबार आफ्नो निवासमा छलफलका लागि बोलाएको आन्दोलनकारी संजय सिंहले बताए ।

पछिल्लो समय अध्यक्ष ठाकुरले विभिन्न जिल्ला तथा प्रदेशमा गरेका मनोनयहरु प्रति पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले विरोध गर्दै आइरहेका थिए ।