Mon Jan 17 2022
Breaking News

उज्वेकिस्तानलाई हराउँदै नेपाली महिला भलिबल टिमले जित्यो च्यालेन्ज कपको उपाधि

काठमाडौँ । नेपालले एभीसी सेन्ट्रल जोन भलिबल सिनियर महिला च्यालेन्ज कपको उपाधि जितेको छ ।

बंगलादेशको ढाकामा आज सम्पन्न फाइनल खेलमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाली महिला टिमले पहिलो सेट २६-२४ ले जितेको थियो भने दोस्रो सेट २६-२४ ले नै हारेको थियो ।

त्यस्तै तेस्रो सेट २५-१५ ले जितेको नेपालले चौथो सेट २५-२२ ले हारेको थियो । त्यसपछि नेपालले फाइनल सेट १५ -११ ले जितेर उज्वेकिस्तानलाई ३-२ सेटले पराजित गर्दिया उपाधि जितेको हो । नेपालले बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

नेपाल सोही इतिहास दोहोर्एको छ । नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, सलिना श्रेष्ठ र यसै च्याम्पियनसिपबाट महिला टोलीमा डेब्यु गरेकी शान्ति थारुको साथ रहेको छ । यस्तै उषा भण्डारी, साफिया पुन, कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा चौधरी र लक्ष्मी चन्द पनि टोलीमा रहेका छन् ।

यहि डिसेम्वर २३ बाट शुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो ।