Mon Jan 17 2022
Breaking News

सर्लाहीमा सवारी दुर्घटनापछिको विरोध प्रदर्शनलाई लिएर निषेधाज्ञा जारी

काठमाडौं । सवारी दुर्घटनापछिको विरोध प्रदर्शनलाई लिएर जिल्ला प्रशासन कार्यालय, सर्लाहीले ईश्वरपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

आइतबार राति भएको सवारी दुर्घटनाको विरोधमा भएको प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायतका घटना बढेकाले नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज दिउँसो ३ बजेदेखि भोलि साँझ ७ बजेसम्म लागू हुने गरी जारी गरिएको छ ।

निषेधाज्ञामा स्थानमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाद्वारा जारी निषेधाज्ञा आदेशमा उल्लेख छ ।

निषेधाज्ञा क्षेत्र घोषित गरिएका स्थानहरू ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट दक्षिणमा ईश्वरपुर नगरपालिकाको–९ खोरिया टोलसम्म छन् ।