Mon Jan 17 2022
मुख्य खबर

सिरिन्ज अभावले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित

खोप लगाउन आवश्यक पर्ने सिरिन्ज अभाव हुँदा कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार काठमाडौँसहित ८ जिल्लामा सुरु गर्ने भनिएको खोप कार्यक्रम सिरिन्ज अभावले स्थगित भएको हो ।

मंगलबार स्वास्थ्य मन्त्रालयले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरुलाई कोरोनाविरुद्धको ‘फाइजर’ खोप लगाउने निर्णय गरेको थियो । तर, सिरिन्ज नभएका कारण उक्त कार्यक्रम स्थगित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आजबाट काठमाडौँ, भक्तपुर ललितपुर, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत गरी जम्म ८ वटा जिल्लामा यो कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो ।

देशका अन्य विभिन्न ५४ जिल्लामा भने विद्यालयमै खोप केन्द्र स्थापना गरेर स्वास्थ्य मन्त्रालयले गत पुस ४ गतेदेखि उक्त उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइरहेको छ ।