Wed Aug 17 2022
आर्थिक

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । मंगलबार सेयर बजारमा निकै उतार चढाबकाबिच सामान्य गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर बजार २.६६ अंकले घटेर परिसूचक २५१८.९९ बिन्दुमा रोकिएको हो ।

मंगलबार बजार २४०० भन्दा तल झरेको थियो । इन्ट्रा डे कारोबारमा २४८७.५८ बिन्दुमा पुगेको बजार पुन फर्किएको थियो ।

पुन बढ्न थालेको बजार २५३३.३४ बिन्दु सम्म पुगेको थियो । २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैया“को सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ८.७४, जीवन बीमा ३९.२५, माइक्रोफाइनान्स २६.२८, निर्जीबन समूहको उपसूचक ३५.२२ अंकले घटेको छ ।

बजारमा सामान्य गिरावट आएपनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।