Mon Jan 24 2022
मुख्य खबर

फेसबुक मार्फत ठगी गर्ने युवक प्रहरीको नियन्त्रणमा

फेसबुक पेजको प्रयोग गरी ठगी गर्दै आएका बर्दियाको बारबर्दिया नपा वडा नं १० का २३ वर्षीय रमेश थारु पक्राउ परेका छन् । उनलाई सोमबार बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो । सोमबार अपराध महाशाखाले काठमाडौँ प्रहरी परिसरको जिम्मा लागएको छ ।

प्रहरीका अनुसार थारुले फेसबुक पेजमा डीएसएलआर क्यामेराको विज्ञापन गरेका थिए । अर्डर गर्ने व्यक्तिहरुसँग ईसेवा र आईएमई पेबाट पैसा लगेर सम्पर्कविहीन बनेका थिए ।