Wed Jan 19 2022
मुख्य खबर

हिटाकर्मीमाथि सिटिइभिटीका सदस्य सचिवले गरे दुर्व्यवहार, कारवाहीको माग

हिमालय टाइम्स दैनिक पत्रिका वितरणका क्रममा मंगलबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य सचिव जीवनारायण काफ्लेले हिमालय टाइम्सकर्मीमाथि दुव्र्यवहार गरेको भन्दै मिडाया एलाइन्सले ध्यानाकर्षण विज्ञप्ती जारी गरेको छ ।

यस्तो छ विज्ञप्ती
पत्रिका वितरणका क्रममा कार्यालय हाताभित्र हिटाकर्मी न्हुछेराम खुसुमाथि काफ्लेले गरेको दुव्र्यवहारको घोर भत्र्सना गर्दछौ । पत्रिका वितरणका लागि सिटिइभिटी पुगेका खुसुमाथि पत्रिकामा प्रकाशित समाचारलाई लिएर काफ्लेले खुसुलाई केहीबेर कार्यालयमै थुनेको घटना निन्दनिय छ । काफ्लेका विभिन्न शंकास्पद गतिविधि विरुद्ध विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएका छन् । समाचारप्रति चित नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने जस्ता व्यवस्था रहेका छन् तर काफ्ले भौतिक आक्रमणमा उत्रिनु खेदजनक छ ।

काफ्लेको यो क्रियाकलापप्रति सम्बन्धित निकायको ध्यान जाओस् र गालिगलोज तथा बन्धक बनाउने जस्ता उनका कार्यकालागि काफ्लेलाई कारवाहीको दायारामा ल्याउन मिडिया एलाइन्स जोडदार माग गर्दछ । समाचार प्रकाशन भएको विषयमा चित्त नबुझ्ने पक्षले कानुनी बाटोबाट उपचार पाउने हक सुरक्षित छ । तर, सोझै धम्की दिनु निन्दनीय छ । प्रेस स्वतन्त्रतामाथिको नांगो हस्तक्षेप एलाइन्सलाई सैह्य छैन ।

अतः समाचार लेखेकै आधारमा यसरी गाली गलौज गर्ने, धम्की र बन्धकसमेत बनाउनेजो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन ढिला नगरियोस्र, भविष्यमा समेत यस्ता घट्ना दोहोरिन नदिन सम्बन्धित पक्ष सतर्क रहोस् भनी एलाइन्स माग गर्दछ ।