जोडिनुहोस
  • होमपेज
  • युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समुहका २१ हजार सैनिक मारिए

युक्रेनी राष्ट्रपतिको दाबी : युद्धमा बाग्नर समुहका २१ हजार सैनिक मारिए

किभ । रुस र युक्रेनबीच युद्ध सुरु भएको १६ महिना पुगेको छ । यस क्रममा दुवै देशका प्रमुखले एकअर्कामाथि आरोप–प्रत्यारोप लगाइरहेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तानाशाह भ्लादिमिर पुटिनलाइ आफूलाइ भन्दा बढी खतरामा रहेको दाबी गरेका छन् ।

जब जेलेन्स्कीलाई स्पेनी पत्रिका एल मुन्डोले युद्धको बीचमा आफ्नो ज्यानको डर छ कि ? भनेर सोधिएको थियो, जवाफमा उनले भने, ‘यस्तो डर सबैभन्दा बढी पुटिनलाई छ किनभने पुटिनले केबल मलाई मार्न चाहेको छ जबकि सारा संसारले उसलाई मार्न चाहन्छ।’

जेलेन्स्कीको बयान उनले वाग्नर मालिक येभजेनी प्रिगोजिन विरुद्ध विद्रोहको नेतृत्व गरेको एक हप्ता पछि आएको हो । उनका अनुसार वाग्नरका सिपाहीहरूले आफ्ना मानिसहरूसँगै पुटिनको नेतृत्वलाई पराजित गर्ने कसम खाएका थिए ।

जेलेन्स्कीले अन्तर्वार्तामार्फत जारी युद्धमा अहिलेसम्म कम्तिमा २१,००० वाग्नर लडाकु मारिएको र ८०,००० अन्य घाइते भएको दाबी गरेका छन् ।

जेलेन्स्कीले यो पनि जोड दिए कि फ्रन्टलाइन सिपाहीहरू सबैभन्दा जोखिममा छन्। युक्रेनी नेताले युद्धको मैदानमा हरेक सेकेण्डमा लगातार विस्फोट भइरहेकाले जीवन निकै कठिन भएको बताए ।

‘म त्यहाँ धेरै पटक आएको छु र मलाई थाहा छ के भइरहेको छ। भगवानले सिपाहीहरूलाई अगाडि बढ्न र घर फर्कने शक्ति दिनुहुन्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका