Wed Jan 19 2022
देश

दिदी बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । दिदी बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

साधारण सभा उदघाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले गरेका थिए ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले सहकारी क्षेत्रको विकास र व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउदै मुलुकमा रोजगारी सिर्जना र अर्थतन्त्रमा सहकारीको क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए ।

सहकारीको बार्षिक प्रगति विवरण प्रस्तुत सहकारीका अध्यक्ष सुदिप कोइरालाले गरेका थिए ।

कार्यक्रममा सहकारीका सल्लाहकार लक्ष्मी कोइराला लगायत सहकारीकर्मीहरु र सहकारीका शेयरधनी सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।