Thu Jan 20 2022
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा मृत्यु भएका चार जनाको मृत्यु शव फेला

एजेन्सी । क्यालिफोर्नियामा एउटा सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

लियर जेट ३५ ए विमान क्यालिफोर्नियाको सान डिएगोनजिकै दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लागेको थियो ।

दुर्घटनामा कोही पनि जीवित नभेटिएको उद्दारकर्ताहरुले बताएका छन् ।

अग्नि नियन्त्रकहरुले जलेका चार वटा शव फेला पारेका छन् । विमान दुर्घटनामा नजिकैको एउटा घरमा सामान्य क्षति भएको छ ।

सान डिएगोबाट १५ माइल टाढा भएको सो दुर्घटनाबारे अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको केन्द्रीय उड्यन प्रशासनले जनाएको छ ।