Wed Jan 19 2022
देश

वर्षाले आन्तरिक उडान प्रभावित हुँदा पोखरा, लुक्ला र नेपालगञ्जमा उडान हुन सकेन

काठमाडौँ । मौसममा आएको बदलावका कारण सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा आन्तरिक उडान प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँका अनुसार भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेन ।

अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको जानकारी दिएका छन् । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।