जोडिनुहोस
  • होमपेज
  • उपाधिका लागि भारत र कुवेत भिड्दै

उपाधिका लागि भारत र कुवेत भिड्दै

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (मंगलबार) भारत र कुवेतबीच प्रतिस्पर्धा हुदैछ । बैंग्लोरको श्री कान्तीरावा स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ ।

नवौं पटक उपाधि जित्ने लक्ष्यमा रहेको भारतलाई कुवेतले कडा टक्कर दिने आकलन गरिएको छ । भारतीय टिमलाई घरेलु दर्शकको जबरदस्त समर्थन रहने देखिन्छ ।

भारतीय टिमलाई डिफेन्डर सन्देश झिगनको पुनरागमनले राहत दिनेछ । दोहोरो पहेलो कार्डका कारण उनी लेबनानविरुद्ध खेलेका थिएनन् । भारतीय टिम कप्तान सुनील क्षेत्रीमा पुरा भर रहनेछ, उनले प्रतियोगितामा ५ गोल गरेका छन् ।

भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो भने कुवेतले बंगलादेशलाई अतिरिक्त समयमा १–० ले पराजित गरेको थियो ।

प्रतियोगितामा दोस्रो पटक दुवै टिम भिड्न लागेका हुन् । समूह चरणमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । अन्तिम मिनेटमा अनवरी अलीले आत्मघाति गोल गरेपछि भारतले बराबरी खेलेको थियो ।
 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका