Fri Jan 21 2022
देश

कार दुर्घटनामा बैंक कर्मचारीको मृत्यु, तीन जना घाइते

काठमाडौं । कपिलवस्तुमा कार दर्घटना हुँदा बैंक कर्मचारीको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।

बस र कार एक आपसमा ठोक्किंदा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

वाणगंगा नगरपालिका–२ घर भएका पाण्डे शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् ।

कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति नौ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार सुरुमा विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्रकको चक्कामा ठोक्किएको थियो ।

त्यसपछि पश्चिम तर्फबाट पूर्व तर्फ नै जाँदै गरेको ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर कार दुर्घटना भएको थियो ।

सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई कार चालक वाणगंगा नगरपालिका–२ बस्ने पाण्डेसहित तीन जना र बसका एकजना यात्रु घाइते भएका थिए । घाइतेहरुलाई चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो ।

त्यसपछि गम्भीर घाइते पाण्डेको उपचारका क्रममा राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

अरु घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । भने एकको अवस्थन गम्भिर भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा बसमा सवार एम जना घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । रोकाको कपिलवस्तुको चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।