Tue Jan 25 2022
कर्णाली प्रदेश

जुम्लाका विद्यार्थीलाई ट्युसन कक्षामै मोडर्ना खोप

जुम्ला । चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएपछि ट्युसन कक्षामै मोडर्ना खोप दिने व्यवस्था गरिएको छ ।

चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले दिइको जानकारी अनुसार विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको छ ।

मङ्गलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिए ।

चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको छ ।

आज पनि जुम्लामा हिमपात भइरहेकाले स्थानीयवासीलाई यहाँका विभिन्न चोक–चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ ।

हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।