जोडिनुहोस
  • होमपेज
  • अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की

अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सांसद कार्कीले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीका विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए ।

सांसद कार्कीले आयातमा कमी आउँदा समग्र अर्थतन्त्रमा समस्या आएको बताए । उनले आयात घट्दा अर्थतन्त्रमा समस्या आएको विषयमा सरकारले समीक्षा गरी यथार्थ बाहिर ल्याउनुपर्ने बताए ।

सांसद कार्कीले रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पु¥याएको भन्दै कुनै किसिमको समस्या आयो भने मुलुकको अर्थतन्त्र कता जान्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले रेमिट्यान्सको स्थायी समाधानका निम्ति सरकारले केही दीर्घकालीन सोच बनाउन जरुरी रहेको बताए । उनले सरकार र अर्थमन्त्री गम्भीर नभई अहिले अर्थतन्त्र सकारात्मक भएको भाषण गरेपनि दुई महिनापछि नकारात्मक असर पर्नसक्ने बताए ।

त्यस्तै,नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा राजश्व संकलन हुने ग्यारेन्टी के हो ? भन्दै प्रश्न गरे । उनले सरकारले दिएको लक्ष्यअनुसार राजश्व उठ्ने÷नउठ्ने विषयमा सरकारले जनतालाई जवाफ दिन माग गरे । उनले बजेट विनियोजन गर्दा साधारण खर्च र वित्तीय व्यवस्थापन भन्दा पनि पुँजीगत खर्च ध्यान दिनुपर्ने भएपनि सरकारले उल्टो बजेट ल्याएको बताए ।

बैठकमा नेकपा एमालेकी सांसद भगवती चौधरीले सरकारले साना तथा घरेलु उद्योगले सरकारलाई ५ हजार राजश्वमा थप ५ हजार अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने बताइन् । उनले साना तथा घरेलु उद्योगलाई पनि प्यानको दायरामा ल्याएर थप प्रोत्साहन दिन नीति राज्यले अवलम्बन गर्न आवश्यक रहेको बताइन् ।

उनले सरकारले कृषि तथा साना तथा घरेलु उद्योगलाई दिएको अनुदान वास्तविक उद्योगी र व्यवसायीहरुले पाए/नपाएकोबारे अनुगमन चुस्त बनाउन आवश्यक रहेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका