जोडिनुहोस
  • होमपेज
  • सामुदायिक अस्पतालहरू स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हुन् : स्वास्थ्य मन्त्री बस्नेत

सामुदायिक अस्पतालहरू स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हुन् : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति भएको बताएका छन् । सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नवनिर्मित १५ शैयाको सामुदायिक अस्पतालको मंगलबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले सामुदायिक अस्पतालहरु पनि राज्यकै सम्पत्ति भएको बताएका हुन् ।

मन्त्री बस्नेतले भने, ‘यो अस्पताल कौडेना गाउँपालिकाको मात्र सम्पत्ति होइन, सर्लाही जिल्लाकै सम्पत्ति हो र स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हो ।’

मन्त्री बस्नेतले सामुदायिक अस्पतालको विकास र बिस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफ्नो पहिलो प्राथमिकता विपन्न, गरिब एवं वेवारिसेले सर्वसुलभ उपचार पाउनु पर्ने भएकाले आफू त्यसमा लागेको र सफलता पाउँदै गइरहेको जिकिर गरे ।

स्वास्थ्य मन्त्रालय मातहतका ९ वटा केन्द्रीय अस्पताललाई विपन्न विरामीका लागि जनरल वार्ड निःशुल्क गर्ने निर्णय गराएर २ हजार २८ शैयामा अहिले विपन्नहरुले सहज उपचार पाउन थालेको मन्त्री बस्नेतले जानकारी दिए ।

गरिब र विपन्नको सिफारिस वडाध्यक्षहरुले गर्नुपर्ने निर्णय गरेर आफूले जनताको आधारभूत आवश्यकता पूरा गर्न सहज बनाएको मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले दुई हप्ताभित्रै स्वास्थ्य मन्त्रालय मातहतका संघीय अस्पतालहरुका सबै जनरल वार्ड निःशुल्क गरिने दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका