Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

बेलायतमा एकै दिन एक लाख ३० हजारमा कोरोना संक्रमण पुष्टि

एजेन्सी । बेलायतमा एकै दिन ठूलो संख्यामा कोभिड संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा एक लाख ३० हजार नयाँ संक्रमित भेटिएका हुन् ।

यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् ।

बेलायतमा अहिलेसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ । पछिल्लो समयमा कोभिडबाट युरोप नराम्रोसँग प्रभावित छ ।

अहिले समग्र युरोप कोभिडबाट प्रभावित छ ।