Mon Jan 17 2022
आर्थिक

सेयर बजारमा सामान्य सुधार, ३ अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से आज बुधबार ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ ।

कुल २२८ वटा कम्पनीको ५६ लाख ३८ हजार २ सय ७९ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये आज आठवटा उपसमूहका सूचक बढेका छन् भने बाँकी पाँचवटा उपसमूहका सूचक घटेका छन् ।

कम्पनीगत रूपमा भने मध्यभोटेकोसी जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । यस कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

गुमाउनेमा भने नारायणी डेभलपमेन्ट बैंक अगाडि छ । यस बैंकको शेयरमूल्य ३.३९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, कारोबारका हिसाबमा हिमालयन डिस्टिलरी अगाडि छ । यो कम्पनीको ५२ करोड ५५ लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको हो ।