Mon Jan 17 2022
मुख्य खबर

भारतले राजा वीरेन्द्र सामु राखेको ६ बुँदे शर्तहरु नमानेकाले राजतन्त्र फालियो : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्र सामु राखेको ६ बुँदे शर्तहरु नमानेकाले राजतन्त्र फालिएको टिप्पणी गरेका छन् ।

राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्टीमा लिङदेनले राजा विरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाममात्रैको भए पनि राजसंस्था रहिरहने र वीरेन्द्र पनि मारिनुपर्ने परिस्थिति पनि नआउने दाबी गरे। नेपालमा भारतले नाकाबन्दी लगाउँदा ६ बुँदे शर्त राखेको तर, तत्कालीन राजा वीरेन्द्रले बरु देशकै जनता (दल)सँग सम्झौता गर्ने अडान लिएको उनले बताए।

लिङदेनले सक्रिय राजसंस्थाका बेला भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे। २०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसंग बिलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे।

उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे ।