जोडिनुहोस
  • होमपेज
  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो मंगलबारको तुलनामा सामान्य मूल्य बढेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ छ । हिजो सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ५ रुपैयाँ बढेसँगै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ७५ रुपैयाँमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका