Wed Jan 19 2022
Breaking News

भेरी अस्पतलको क्वाटरमा एकैपरिवारका ४ जनाको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कालीकोटको खडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईका परिवारका चार जना बिहीबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीका अनुसार मृत्यु हुनेमा २४ वर्षीय धनप्रसादसँगै उनकी आमा कोकीला, दिदी नन्दकली र तीन महिनाका छोरा एक्सन भट्टराईको निस्सासिएर मृत्यु भएको हो ।

घटनामा परि घाइते बनेका उनकी श्रीमती सुशीला भाइ नरेन्द्र र तीन वर्षका छोराको अहिले भेरी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।