Wed Jan 19 2022
देश

गुल्मीको रेसुङ्गामा हिउँ परेपछि स्थानीय हर्षित, हिउँ खेल्न जानेहरुको घुइँचो

गुल्मी । मंगलबार रातिबाट परेको पानीसँगै गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पनि हिमपात भएको छ ।

बिहीबार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा हिउँ खेल्न जानेहरुको घुइँचो लागेको छ । वर्षा र हिमपातले हिउँदेबालीलाई फाइदा पुग्ने हुँदा कृषकहरु खुसी छन् ।

धेरैले सामाजिक सन्जालमा रेसुङ्गाको हिउँ सहितका तस्विर राख्दै खुसी साटेका छन् ।

आज सार्वजनिक बिदा भएकाले पनि रेसुङ्गाको हिउँ परेको हेर्न र खेल्न जानेहरुको घुइँचो लागेको छ । रेसुङ्गागामा परेको हिमपात सदरमुकाम तम्घास बजारबाट पनि सजिलै नियाल्न सकिन्छ ।

जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे, थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको देखिन्छ ।

रेसुङ्गालगायतका जिल्लाका उच्च स्थानमा बर्सेनि हिमपात हुने गरेको छ । समुद्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पनि हो ।

यहाँ बिभिन्न अवसरहरुमा मेला लाग्ने गर्दछ । भने हरु समयमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला अवलोकन गर्न पर्यटकहरु आउँने गर्दछन् ।

हिमपातले जिल्ला सदरमुकाम तम्घास बजारमा अत्यधिक चिसो बढेपछि बजारमा चहलपहल समेत घटेको छ ।