Sun Jan 16 2022
देश

मनाङमा भेँडीगोठ गएका एक जना बेपत्ता, हिमपहिरोमा परेको आशंका

लमजुङ । मनाङमा भेँडीगोठ गएका एक जना सम्पर्कविहीन भएका छन् ।

गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका–४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कविहीन भएका हुन् । गुरुङसँगै तीन जना गाउँमाथिको लुम्रुचोकस्थित भेँडीगोठ गएका थिए ।

बुधबार बिहान गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट फेम्रो जङ्गलबाट गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिएका छन् ।

मनाङमा सोमबारदेखि निरन्तर हिमपात भएकाले घर फर्किने बेलामा हिउँ परिरहेकाले हिमपहिरोमा परेको प्रहरीको अनुमान छ ।

बेपत्ता गुरुङको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।