Mon Jan 17 2022
देश

माओवादीको बन्दसत्रः पार्टीलाई पुनर्जीवन दिन प्रचण्ड विचारधाराको विकास गर्नुपर्ने सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा प्रचण्ड विचारधाराको विकास गर्नुपर्ने सुझाव पेस भएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

प्रचण्ड विचारधाराले माओवादीलाई पुनर्जीवन दिने र यही विचारधाराको नेतृत्वमा वृहत कम्युनिष्ट एकताको आह्वान गर्नुपर्ने सुझाव पेस भएको हो ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारी (विवेक शर्मा)ले यो सुझाव पेश गरेका हुन् ।

प्रचण्डपथ तत्कालीन समयको विचार भएकाले अब त्यसलाई परिमार्जन गरेर ‘प्रचण्ड विचारधारा’ भन्नुपर्ने उनको सुझाव छ ।

पार्टी अध्यक्ष प्रचण्डले बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन अग्रगामी रहेको समेत बताएका छन् ।

उनले भने, ‘प्रचण्ड विरधाराको नेतृत्वमा वृहत कम्युनिस्ट एकताको आह्वान गरौं । यसले मात्रै माओवादीलाई पुनर्जीवन दिन्छ ।’