Mon Jan 17 2022
खेलकुद

एसियन सिनियर सेन्ट्रल जोन विजेतालाई जनही ५ लाख दिने सरकारको निर्णय

काडमाडौं । बंगलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्कंदछ ।

ढाकामा मंगलबार भएको खेलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

त्यस्तै बिजेता खेलाडीलाइ सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ । मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको पहलमा मन्त्रीपरिषदको बैठकले उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५÷५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

त्यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ ।

ढाकामा मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३ शुन्यको सेटमा पराजित भएको थियो ।