जोडिनुहोस
  • होमपेज
  • जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि दश मिनेटका लागि बैठक स्थगित भएको हो ।

दोस्रो अधिवेशनको १७ औँ बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा लाइन काटिएको थियो । जेनरेटरमा आगो लागेर विद्युत् आपूर्ति बन्द भएपछि प्रदेशसभामा अँध्यारो भएको थियो ।

सभामुख तुलाराम घर्ती मगरले जेनरेटरमा आगलागी भएको जानकारी दिँदै दश मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका