Wed Aug 10 2022
समाचार

र्‍यापर लाउरे ब्राउन सुगरसहित पोखराबाट पक्राउ

काठमाडौँ । र्‍यापर आशिष राना ुलाउरेु पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेकै अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीले जनाएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् ।

लाउरेसहित अन्य तीन जनालाई नियन्त्रणमा लिएको छ ।