Thu Jun 30 2022
मुख्य खबर

माओवादी महाधिवेशन : अध्यक्ष दाहालले जवाफ दिनुअघि माओवादी स्थायी कमिटी बैठक बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । काठमाडौँको प्रज्ञा भवन, कमलादीमा जारी महाधिवेशनमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्षहरु पेश भए लगत्तै स्थायी कमिटि बैठक बस्न लागेको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार टोलीले निष्कर्ष पेश गरेपछि स्थायी कमिटि बैठक बस्ने र त्यसपछि टोली नेताहरुले उठाएका प्रश्नको अध्यक्ष दाहालले जवाफ दिनेछन् ।