Sun Jan 16 2022
समाचार

कुलोमा डुबेर एक पुरुषको मृत्यु

रौतहट । रौतहटमा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा फतुवा विजयपुर ५ सन्तपुर दोस्तियाका ४० वर्षीय मिरहसन अन्सारी रहेका छन् ।

जाँडरक्सीको लत रहेका अन्सारी ३–४ दिनदेखि हराइरहेका अन्सारीको शव सडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

अन्सारीको कुलोमा लडेर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको तथा घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।