Wed Aug 10 2022
मुख्य खबर

‘तारक मेहताका उल्टा चश्मा’ बाट बिदा लिदै ‘जेठालाल’

एजेन्सी- भारतीय टेलिभिजनको सुपरहिट कमेडी टेलिफिल्म ‘तारक मेहताका उल्टा चश्मा’ले सन् २००८ देखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ । यो लामो समयावधिमा यो टेलिफिल्ममा केही ठूला परिवर्तन पनि भए । यसमा केही कलाकारले प्रवेश गरे भने केहीले छोडे ।

टेलिफिल्मका प्रमुख कलाकार दिलीप जोशी अर्थात ‘जेठालाल’ ले टेलिफिल्मबाट बिदा लिने भएका छन् । केही समय अघि टेलिफिल्मकी अर्की प्रमुख कलाकार दयाबेनले पनि बिदा लिएकी थिइन् ।

हालै दिलीपले एक अन्तरवार्तामा टेलिफिल्म छोड्ने विषयमा कुराकानी गरेका थिए । ‘जुन दिन मलाई जेठालालको भूमिका निभाउन मजा आउदैन्, त्यही दिन म शो छोड्छु । म एक कमेडी शोमा काम गर्दैछु । तारक मेहताका उल्टा चश्माको हिस्सा बन्न पाउदा खुशी छु’, उनले भनेका छन् ।

उनले लामो समयदेखि आफूलाई अलग–अलग किसिमका टेलिभिजन शोको अफर आइरहेको खुलाए ।