Sun Jan 16 2022
खेलकुद

क्रिकेट टिमको कप्तान परिवर्तन हुँदैनः प्रशिक्षक पुबुदु दशनायके

काठमाडौं । मुख्य प्रशिक्षक पुबुदु दशनायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन नहुने बताएका छन् ।

प्रशिक्षककको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक पुबुदु दशनायकेले यीतो बताएका हुन् ।

उनले कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान) लाई हुने बताए ।

क्यानले हालै मात्र ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ ।