जोडिनुहोस
  • होमपेज
  • नेपाली समाजलाई अगाडि बढाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे

नेपाली समाजलाई अगाडि बढाउन पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसद्लाई राष्ट्रको हितमा काम गराउन भूमिका खेल्ने बताएका छन् ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसद्लाई सबल र राष्ट्रको हितमा काम गराउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् । उनले संसदभित्र भएका समस्या र कमी कमजोरीहरूलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताए ।

सभामुख घिमिरेले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडी बढाउन विगतदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताए । उनले चुनाव जसरी पनि जित्नुपर्ने नभई स्वस्थ प्रतिस्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद् सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका