Mon Jan 17 2022
आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९२ हजार १०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन उक्त सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २४५ रुपैयाँ पुगेकोे महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।