Sun Jan 16 2022
Breaking News

थप २४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो अवधिमा कोहि पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।