जोडिनुहोस
  • होमपेज
  • बक्यौता नतिरेपछि ट्वीटरविरुद्ध चार देशमा मुद्दा दायर

बक्यौता नतिरेपछि ट्वीटरविरुद्ध चार देशमा मुद्दा दायर

काठमाडौँ । ट्विटरले आफ्नो बक्यौता बिल नतिरेपछि चार देशमा मुद्दा दायर भएको छ । सामाजिक सञ्जाल ट्वीटरको लन्डन, डब्लिन, सिड्नी र सिंगापुरमा कार्यालयहरू छन् ।

एलन मस्कको स्वामित्वमा रहेको कम्पनीलाई सिड्नीस्थित एक पूर्वाधार फर्मले भाडा र सेवा नतिरेको आरोप लगाएको छ ।

फर्मले सन् २०२२ देखि २०२३ को शुरुवातसम्म लन्डन र डब्लिनमा ट्विटरका कार्यालयहरूमा सेन्सरहरू जडान गर्ने काम गरेको बताएको छ । सिङ्गापुरमा अफिस खोलेर सिड्नीमा अफिस सरसफाइको जिम्मेवारी पनि पाएको तर फर्मले यी सबै कार्यालयमा १० लाख अष्ट्रेलियन डलर सेवा भुक्तानी नपाएको बताउदै मुद्धा दायर गरेको हो ।

यस विषयमा ट्वीटरले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको मिडिया रिपोर्टमा बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका