जोडिनुहोस
  • होमपेज
  • श्रीलङ्कामा ५० हजारभन्दा बढी डेङ्गुका बिरामी

श्रीलङ्कामा ५० हजारभन्दा बढी डेङ्गुका बिरामी

कोलम्बो । श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी भेटिएका छन् ।

देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो ।

गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन् । यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो ।

स्वास्थ्य मन्त्रालयले डेङ्गुको उच्च जोखिममा रहेका ४३ वटा क्षेत्र पहिचान गरी लामखुट्टे उन्मूलन अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा भारी वर्षा हुने भएकाले लामखुट्टेको प्रजननलाई प्रोत्साहन गर्ने जनाउँदै सबैलाई सचेत रहन आग्रह गरेको छ ।

श्रीलङ्कामा गत वर्ष ७६ हजारभन्दा बढी डेङ्गुबाट पीडित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका