Thu Jan 20 2022
मुख्य खबर

कांग्रेसको १३५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमितिको वरीयता तोकियो

नेपाली कांग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको वरीयता तोकिएको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पहिलो वरीयतामा सभापतिमा शेरबहादुर देउवा छन् भने दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । तेस्रो नम्बरमा उभापति धनराज गुरुङ हुँदा चौथो नम्बरमा महामन्त्री गगनकुमार थापा छन् । यस्तै पाँचौ नम्बरमा महामन्त्री विश्वप्रकाश शर्मा छन् ।

त्यसपछि सहमहामन्त्रीहरु छन् । केन्द्रीय सदस्यहरुमध्ये सबैभन्दामाथि गोपालमान श्रेष्ठ १५ औँ नम्बरमा छन् । देउवासँग सभापतिमा पराजित भएका डा। शेखर कोइराला सुनील थापाभन्दा पछि २० औँ नम्बरमा छन् ।

१३५ सदस्यीय कार्यसमितिको अन्तिममा केन्द्रीय सदस्य भीम राना छन् ।

CWC-Tel-List-New-portfolio-1