जोडिनुहोस
  • होमपेज
  • भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

भारतीय सहयोगमा बनेको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

काठमाडौँ – भारतीय सहयोगमा निमार्ण भएको बुढानीलकण्ठ धर्मशालाको उद्घाटन गरिएको छ । बुधबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उक्त धर्मशालाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बुढानीलकण्ठ मन्दिरका मठाधिस स्वामी निगमानन्द, प्रतिनिधिसभा सदस्यहरु श्री गगन कुमार थापा र श्री प्रदिप पौडेल, भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तव, गुठी संस्थानका प्रमुख श्री डा शिवराज पण्डित, बुढानीलकण्ठ मन्दिर समितिका प्रतिनिधि तथा नेपाल सरकारका र भारतीय राजदूतावासका पदाधिकारीको उपस्थिति थियो ।

उक्त धर्मशाला भारत सरकारको करिब नेरु ५ करोड अनुदान सहयोगमा उक्त धर्मशालाको निर्माण भएको हो । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको भारतीय दूतावासले जनाएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणका लागि पुरातत्व विभागले तयार पारेको आधारभूत निर्देशिका बमोजिम बुढानीलकण्ठ मन्दिरको पुनर्निर्माण भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) र शहरी विकास तथा भवन निर्माण विभागले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

नवनिर्मित उक्त साढे तीन तल्ले धर्मशालाले बुढानीलकण्ठ मन्दिरमा आउनहुने हजारौं तीर्थयात्रीलाई सेवा दिेनेछ । नेपालको पवित्र साँस्कृतिक एवम् धार्मिक स्थलहरुमध्येकै एक मानिने बुढानीलकण्ठ मन्दिरको ठूलो महत्व रहेको छ ।

भारत सरकारले नेपालको सातवटा जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रको संरक्षण गर्ने प्रविबद्धता गरेको छ । यसका साथै भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी घर पुनर्निर्माण, आठ जिल्लामा ७१ वटा शैक्षिक संस्था र १० जिल्लामा १३२ वटा स्वास्थ्य सुविधा पुनर्निर्माणका लागि सहयोग प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका