Fri Jan 21 2022
आर्थिक

नेपाली बजारमा कति छ आज सुन र चाँदीको मूल्य ?

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।