जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशमा उद्धव थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने सात दलको निर्णय

कोशी प्रदेशमा उद्धव थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने सात दलको निर्णय

काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने पुनः निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज साँझ पाँच बजे थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न पुनः निर्णय गरेको बताए । ‘कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई बनाउने निर्णय गरेका छौँ । त्यसमा केही कन्फ्युजन थियो,’ उनले भने, ‘आज माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो र एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र राईलाई बोलाएर आज पाँच बसेसम्म उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्ने भनेर हामीले पुन: निर्णय गरेर पठाएका छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका