Wed Jan 19 2022
मुख्य खबर

२३५ कोरोना संक्रमित थपिए, ४ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २१२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले सम्म निको हुने दर ९८ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ९४ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ८ लाख ११ हजार ९ सय ५८ संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार ८७९ सक्रिय संक्रमित आइसोलेसन र १०३ जना क्वारेन्टाइनमा रहेका छन्