Thu Jan 27 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा १५४ संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ गरी १५४ छन्।

यसैगरी काठमाडौं उपत्यकामा १८३४ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ७०५, ललितपुरमा ६१८ र भक्तपुरमा ५११ सक्रिय संक्रमित छन्।