Mon Jan 17 2022
मुख्य खबर

बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । नवलपुरको मध्यबिन्दु-१२ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

बाघको आक्रमणबाट मध्यबिन्दु-१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारूको मृत्यु भएको हो।

बिहान स्थानीय वनमा साग टिप्न गएकी सारूलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए।

घटनास्थल अरूणखोला– दुम्कीबास सडकखण्डभन्दा करिब ५०० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।