Sun Jan 16 2022
मुख्य खबर

आफ्नो राजनीति जनतादेखि जनतासम्म भएको नेकपा एस अध्यक्ष नेपालको भनाइ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका हुन ।

अध्यक्ष नेपालले जनताको हित र कल्याणको लागि सुकुम्वासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनकाबिरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहितको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताए । उनले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताए ।

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजीपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताए ।