जोडिनुहोस
  • होमपेज
  • जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा । कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा बोलेरो जीपको ठक्करबाट स्कुटर चालक मृत्यु भएको छ ।

बिहीबार औद्योगिक क्षेत्रबाट विजयपुरतर्फ आउँदै गरेको ग ८ प ५८३८ नम्बरको स्कुटरलाई सोही दिशाबाट नै आउँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले ठक्कर दिदा स्कुटर चालक प्रञ्वल गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । घाइते प्रञ्वलको उपचारका क्रममा मृत्युु भएको हो ।

स्कुटरको पछाडि सवार विमल गिरी घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।

दुर्घटनापछि जीपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका