जोडिनुहोस
  • होमपेज
  • ४३१ जना विद्यार्थीको परीक्षा रद्द, २९० को स्थगित

४३१ जना विद्यार्थीको परीक्षा रद्द, २९० को स्थगित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ को एसईई परीक्षामा सहभागी परीक्षार्थीमध्ये ४३१ जनाको परीक्षा रद्द भएको जनाएको छ । बोर्डले बिहीबार नतिजा सार्वजनिक गर्ने क्रममा ४३१ जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै २९० जनाको स्थगित भएको जनाएको हो ।

गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएका छन् । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको बोर्डले जनाएको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका