Mon Aug 8 2022
मुख्य खबर

र्‍यापर लाहुेरसँगै ब्राउनसुगरसहित पक्राउ पर्ने अरु तीनजना को हुन् ?

काठमाडौँ– कास्की प्रहरीले ब्राउनसुगरसहित पक्राउ परेका र्‍यापर लाहुरेसहित ४ जनालाई शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुलाई गत बुधबार बेलुका पोखरा महानगरपालिका वडा नं ८ जाल्पारोडबाट लागू औषध ब्राउनसुगरको खरिद बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ०।५१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान पश्चात् पोखरा महानगरपालिका वडा नं ८ सभागृहमा रहेको सुस्मिता गुरुङको कोठा भित्र लुकाई छिपाइ सञ्चय गरी राखेको अवस्थामा लागू औषध ब्राउनसुगर १२।५० ग्राम फेला पारेको थियो ।

प्रहरीले पक्राउ पर्नेहरु लागू औषध कारोबारी रहेको दाबी गरेको छ । प्रहरीले उनीहरुको साथबाट डिजटल तराजु १ थान, नगद ३८,३५०, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

जिल्ला अदालत कास्कीले उनीहरु चारैजनालाई ८ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।